नेपाल सरकार

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

नापी विभाग

मिनभवन, काठमाण्डौ

...

माथी भने अनुसारको बिबरणहरु जम्मा गरी सेवा लिने निवेदन को फारम भरी विवरण पेश गर्नुहोस।

...

सेवाको लागि निवेदन पेश गरी सकेको भए सो को अवस्था चेक गर्न  यहां क्लिक गरी आवश्यक (Mobile No, OTP) विवरण दिई हेर्नुहोस।

बारम्बार सोधिने प्रश्नहरु - FAQ

यस प्रणालीसंग संबन्धित तर बारम्बार सोधिने प्रस्नहरुको संगालो
नापी कार्यालयहरुबाट प्रवाह गरिने केहि सेवाहरु ईन्टरनेट मार्फत जहांबाट पनी प्राप्त गर्न सकिने गरी तयार गरिएको प्रणाली "मेरो कित्ता-प्रणाली" हो।
यस प्रणालीमार्फत पाईने सुबिधाहरु
  • नक्सा प्रिन्ट
  • प्लटरजिस्टर प्रिन्ट
  • फिल्डबुक प्रिन्ट
  • फिल्डरेखाङ्कन निवेदन
  • साधारण प्रयोगकर्ताले सेवालिनको लागी तोकिएको ढांचामा online निवेदन पेश गर्नुपर्नेछ।
  • निवेदन पेश भए पश्चात मोवाईलमा OTP कोड आउंछ। सेवाको अवधिभर सो कोड आवश्यक हुन्छ।
  • कार्यालयहरुबाट सेवाको विवरण चेक जांच भैसकेपछी तिर्नुपर्ने राजश्व रकम को SMS प्राप्त हुन्छ।
  • राजश्व तिर्नको लागि https://merokitta.dos.gov.np मा गई मोवाईल नम्बर र OTP प्रयोग गरी प्रणालीमा व्यवस्थागरिएको बिध्धुतिय माध्यमद्दारा वा भौचर प्रिन्टगरी वैक वाट समेत भुक्तानी गर्न सकिनेछ।
  • भुक्तानी प्राप्त भएपछी, कार्यालयहरुबाट नक्साको डिजिटल (pdf) कपी अपलोड गरि मोबाईलमा SMS पठाउने छ।
  • सो नक्साप्राप्त गर्न मोवाईल नं. र OTP प्रयोगगर्नुपर्नेछ। र सो नक्सा एक हप्ता (७ दिन) भित्र डाउनलोड गरी सक्नुपर्ने छ।
"नापी कार्यालयहरुबाट डिजिटल प्रणालीमार्फत सेवा प्रवाह गर्ने संबन्धि निर्देशिका - २०७८" को दफा-५ अनुसार निवेदन पेश गर्नुपर्नेछ।
संस्थागत प्रयोगकर्ता बनाउन चाहिने कागजातहरु।

बैंकको हकमा चाहिने कागजातहरु
  • राष्ट्र बैकबाट बित्तीय कारोवार गर्ने इजाजत पत्र
  • कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता प्रमाणपत्र
  • प्रयोगकर्ता बनाउने निवेदन
अन्य वित्तीय संस्थाहरुको हकमा चाहिने कागजातहरु
  • संघ वा प्रदेश वा स्थानीय तहमा गरिएको दर्ता प्रमाणपत्र
  • कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता प्रमाणपत्र
  • प्रयोगकर्ता बनाउने निवेदन
स्थानीय तहको हकमा चाहिने कागजातहरु
  • कार्यालयको पत्र
  • प्रयोगकर्ता बनाउने निवेदन
प्रणालीसंग सम्बन्धित समस्याहरु आएमा सो को समाधानको लागी विभागको सम्पर्क नंं xxxxxxx मा फोेन गरी समाधानको लागी अनुरोध गर्न सक्नुहुनेछ।
यदि तपाईंहरुलाई डिजिटल PDF फाईललाई प्रिन्ट गर्नु परेमा, सो फाईललाई कुनै पनी Standard PDF viewer मा खोली प्रिन्ट गर्दा Custom Scale मा 100% दिई प्रिन्ट गर्न सक्नुहुनेछ ।